श्री जीवनशक्ति माध्यमिक विद्यालय

मिति २०२९ साल कार्तिक २९ गते स्थापना भएको यस विद्यालयमा स्थापनाको समयमा छात्र ६५ जना र छात्रा ६ जना गरी गाउँको सहयोगमा काठका खम्बा बनाई माथि पाखो खरले छाई १ कक्षा देखि ३ कक्षा सम्मको पढाई थालनी गरिएको हो । जसको स्थापनाकालका प्र.अ. दाताराम भण्डारी, शिक्षक दलजित विष्ट र प्रकास खाती गरी तिनजना स्टाफको संलग्नतामा यस विद्यालयमा पढाईको थालनी गरिएको हो । मिति २०३१ साल मंसिर महिनामा तत्कालीन श्री ५ को सरकारबाट यस विद्यालयले स्वीकृत प्राप्त गरी पछि मिति २०३७ सालमा कक्षा ५ सम्मको अनुमति पाई यो विद्यालय प्राथमिक पूर्ण रुपमा सञ्चालन भई आएको हो । यस विद्यालयमा कार्यरत शिक्षकमध्ये दाताराम भण्डारी ज्यू अन्य विद्यालयमा सरुवा भई गएपछि तत्कालीन शिक्षक र वि.व्य.स. को निर्णय अनुसार मिति २०३१ सालमा बुद्वि प्रसाद सुवेदीलाई प्र.अ. पदमा नियुक्ती गरियो र पछि वि.स. २०३५ सालमा बुद्वि प्रसाद सुवेदी अन्यत्र सरुवा भई गएपछि वि.व्य.स. तत्कालीन अध्यक्ष श्री सन्यासी खत्री लगायतको समितिले श्री पूर्ण जँगगिरी लाई यस विद्यालयको प्र.अ. पदमा नियुक्ती गरियो । पछि श्री पूर्ण जँगगिरीले राजनैतिक पेशा अंगालेपछि यस विद्यालयको प्र.अ. पदमा श्री रामसोगारथ शाहलाई मिति २०३६ सालमा नियुक्ती गरियो र उक्त समयमा विद्यालयको प्रस्त भएकोले र आम्दानी पनि राम्रो भएकोले पाँच कोठाको ईटा र माटोको गारो बनाई घर बनाइयो र विद्यार्थीलाई कच्ची घरबाट ईटाको घरमा बस्ने व्यवस्था गरियो ।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८६८५६७५६५

श्री जीवनशक्ति माध्यमिक विद्यालय
श्री जीवनशक्ति माध्यमिक विद्यालय
श्री जीवनशक्ति माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।